2026-07-03 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थपिएका यी दुई जिल्लामा १० सरकारी कार्यालय स्थापना हुने

2017-10-11

असोज २५, काठमाडौं । सरकारले संविधानअनुसार थप गरिएका नवलपरासीको बर्दघाट सुस्ता पूर्व जिल्ला र रुकुमको पश्चिम भाग जिल्लामा १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । 

सरकारको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालयले दुवै जिल्लाका २० वटा कार्यालयको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणको गृहकार्य अघि बढाएको छ । 

सरकारले नयाँ जिल्ला भएकाले ती दुवै जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अदालत स्थापना गर्ने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार ती कार्यालयको संगठन संरचना तथा दरबन्दी सिर्जना प्रक्रिया थालिएको उनले बताए ।

रुकुम र नवलपरासी जिल्लालाई विभाजन गरी दुई/दुई वटा जिल्ला बनाइएको थियो, जसअनुसार थप भएका नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुमको पश्चिम भागमा छुट्टै सरकारी कार्यालय नभएकाले ती जिल्लामा सरकारी सेवा प्रवाह प्रभावित भएको थियो । सामान्यले सरकारी कार्यालय स्थापना गर्न ती कार्यालयका तालुक निकायका रूपमा रहेका केन्द्रीय निकायलाई दुई दिनभित्र कार्यालयको आवश्यक संगठन संरचना दरबन्दी यकिन गरी सामान्यमा पठाइदिन मंगलबार नै पत्राचार गरेको छ ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको दरबन्दी र संगठन संरचना गृह मन्त्रालयले सामान्यलाई दुई दिनभित्र पठाउनु पर्नेछ । त्यसैगरी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिको, महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयको, निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयको, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जिल्ला सरकारी वकिल कार्यालयको संगठन संरचना र कर्मचारीको दरबन्दीसम्बन्धी विवरण सामान्यमा पठाउनु पर्नेछ ।

यसैगरी, सामान्यको पत्राचारअनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जिल्ला मालपोत कार्यालय र जिल्ला नापी कार्यालयको, स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयको, सर्वोच्च अदालतले जिल्ला अदालतको संगठन संरचना र दरबन्दी वरण दुई दिनभित्र सामान्यमा पठाउनु पर्नेछ ।

प्रवक्ता सहसचिव न्यौपानेले सम्बन्धित निकाय र मन्त्रालयबाट मातहतका कार्यालयमा आवश्यक दरबन्दी विवरण र संरचना प्राप्त हुनासाथ रुकुम पश्चिम जिल्ला र नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सरकारी कार्यालय स्थापना गरी सेवा प्रवाहको व्यवस्था मिलाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक