९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब माओवादी केन्द्र पनि भत्किने !

२५ आश्विन २०७४, बुधबार १०:३३

असोज २५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादी केन्द्र भत्किँने बताएका छन् । प्रचण्डले पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने आफ्नो काम भएको आफूले बिभिन्न पार्टीहरु भत्काएर नयाँ बनाएको बताए ।

आज दिउँसो नेकपा संयुक्तसँग पार्टी एकता घोषणा सभालाई सम्वोधन गर्दै प्रचण्डले आफुले पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने गरेको बताए । उनले आन्दोलनको पुरानो रुप भत्काएर नयाँ रुप अवलम्वन गर्न आफु सक्रिय रहेको बताए । प्रचण्डले भने – ‘४६ सालको जनआन्दोलन अगाडि नेपालका बिभिन्न कम्युनिष्ट आन्दोलनका बिभिन्न घटकमध्ये एउटा घटकको महामन्त्री बन्ने अवसर प्राप्त भयो, जतिबेला महामन्त्री बनें । मेरो काम चाहिँ आफू महामन्त्री बनेको पार्टी भत्काउने नै भयो । म महामन्त्री बनेको केही महिनामै एकता केन्द्र बनेर मशाल भन्ने पार्टी भत्काएँ मैले । एकताकेन्द्र पाँच वर्ष चलाएपछि एकताकेन्द्र पनि भत्काएर माओवादी बनाएँ । १० वर्ष माओवादी जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादीमा गएँ । अनि केही वर्ष एकीकृत माओवादी भए पछि त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौं ।’

सभामा बोल्दै प्रचण्डले अब माओवादी केन्द्र पनि भत्किने र नयाँ बन्ने जानकारी गराए । प्रचण्डले बाम एकतातर्फ संकेत गर्दै अब माओवादी केन्द्र पनि भत्किएर नयाँ पार्टी बन्ने बताए । प्रचण्डले नेपालको वामपन्थी आन्दोलन आक्रामक स्थितिमा रहेको बताउँदै देशभित्र बामपन्थीको आन्दोलन रक्षात्मक नभएको भन्दै झण्डै दुई तिहाईभन्दा बढी वामपन्थी जनमत भएको देशमा बामपन्थी एकता आवश्यक रहेको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो