२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण वाम गठबन्धनबाट नयाँशक्ति बाहिरिदै

२०७४, २६ आश्विन बिहीबार ०२:१५

असोज २६, काठमाण्डौ ।  वाम गठबन्धनमा उम्मेदवार छनौटमा कुरो नमिलेपछि नयाँशक्ति बाहिरिने संकेत दिएको छ । 

नयाँशक्तिले पूर्वसहमति अनुसार एमाले र माओवादी केन्द्र अघि नबढेको भन्दै गठबन्धनबाट बाहिरिने चेतावनी समेत दिएको छ ।

संघीय संसदमा १५ सिट र प्रदेशसभामा ३० सीट पाउनुपर्ने अडान राखेको नयाँशक्तिलाई एमाले र माओवादी केन्द्रले नदिने संकेत गरेपछि गठबन्धन संकटमा परेको हो । उता माओवादीले गोरखाको दुई क्षेत्रमा नछोड्ने अडान लिएको कारण पनि नयाँशक्ति तनाबमा छ । त्यस्तै एमाले अध्यक्ष केपी ओली र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच भएको छलफल सकारात्मक छैन ।

माओवादी केन्द्रले नयाँशक्तिलाई बाम गठबन्धनमा नल्याउन भित्री कसरत गरेको नयाँ शक्तिको बुझाई छ भने उसले माओवादी केन्द्र र एमाले बीच भएको ६०/४० को सहमति आफुलाई सिट दिईसकेपछीको भएको बताएको छ । उता माओवादी केन्द्रले भने समग्रमा ४०% को दावेदारी गरेको छ । यस खाले बिबादले बाम गठबन्धनमनै संकटमा पर्ने सम्भावना देखिएको छ । 

नयाँ शक्तिले मागे बमोजिम  १५ सिट र प्रदेशसभामा ३० सीट दिन माओवादी तथा एमाले नेताहरु तयार छैनन् । निर्वाचनमा नयाँ शक्तिको दरिलो स्थिति नभएकै कारण पनि नयाँशक्तिलाई बाम गठबन्धनमा मुख्य दुई पार्टीहरु एमाले र माओवादी केन्द्रले त्यति महत्व दिएका छैनन् । गोरखामा माओवादी केन्द्रसँग टक्कर गर्नेसम्मको स्थिति रहेको नयाँशक्तिलाई माओवादी केन्द्रले नछाड्ने अडान लिएको कारण पनि नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश