२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रधानमन्त्री चन्द छोरा जयन्त सहित प्रत्यक्ष उम्मेदवार

२०७४, २६ आश्विन बिहीबार १२:२५

नरी बडु । असोज २६, बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र उनका छोरा जयन्त चन्दको नाम सिफारिस गरेको छ ।

राप्रपा जिल्ला कार्यसमितिको बैठकले चन्द बाबुछोरासँगै नरेन्द्रबहादुर चन्दलाई प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए । राप्रपाको जिल्ला समितिले पूर्व वाणिज्य मन्त्री जयन्त चन्दलाई भने समानुपातिक पद्धतितर्फ पनि सिफारिस गरेको  छ । प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीबाट समानुपातिक पद्धतितर्फ उम्मेदवारको रुपमा अम्बादत्त भट्टको नाम पनि सिफारिस गरिएको जिल्ला अध्यक्ष चन्दले बताए । राप्रपाले बैतडीको दुईवटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवार भने सिफारिस गरेको छैन ।

मानुपातिक निर्वाचन पद्धतितर्फ प्रदेश सभा क्षेत्र नम्बर १ बाट रमा भण्डारी, लक्ष्मी विष्ट,  सफला अधिकारी रानाको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फ नै क्षेत्र नम्बर दुईबाट हेमबाबु लेखक, चन्द्रकला साउद र जीतसिह थापाको नाम सिफारिस गरिएको छ । यस्तै जीते महर, किष्ने भुल, नारु अवस्थी, वीरेन्द्रबहादुर चन्द र धौलसिह रानाको नाम निर्वाचन क्षेत्र विभाजन नगरी समानुपातिक पद्धतितर्फ उम्मेदवार सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश