प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई क"/>

2026-10-17 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समितिमा पुनः घिमिरे

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई कार्यथलो बनाई कार्यरत नेपाली कांग्रेस सम्वद्धहरुको संगठन नै नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समिति हो । समितिको सभापतिमा दोश्रो पटक घिमिरे सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा भगिमान गुरुङ, सचिवमा बालकुमार गुरुङ, सहसचिवमा अम्बिका ओली र शैलेश कार्की, कोषाध्यक्ष केदारनाथ गहतराज र सहकोषाध्यक्ष चन्द्र कार्की रहनुभएको छ । सदस्यहरुमा सुमन बुढाथोकी, टेकबहादुर चोङवाङ, गोविन्द कटुवाल, चिनकुमार लिम्बु, रुपा तिम्सीना, उमेश दाहाल, प्रेम घतानी, सुमन लकान्द्री, मेघराज सुवेदी, पुष्कल ढुंगाना, चन्द्र ढकाल, हरिप्रसाद विमली, गंगा वर्देवा र रुद्रप्रसाद घिमिरे रहका छन् । 

काठमाडौँमा भएको समितिको एक भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्वसांसद तुलसी सुब्बा, महासमिति सदस्य हरिप्रसाद डाँगी, कांग्रेस तेह्रथुम जिल्ला सभापति गोविन्द ढुंगाना लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु