२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी

२०८२, ९ फाल्गुन शनिबार १६:५३

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुने निर्वाचनपछि अत्यधिक मत ल्याएर पहिलो पार्टी बन्ने दाबी गरेको छ। निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व गर्ने दाबी गरेको हो।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले यस्तो दाबी प्रस्तुत गरेको हो। प्रचार संयोजक मीनबहादुर शाहीले पार्टीले विगतमा गरेका काम र घोषणापत्रमार्फत गरेका प्रतिबद्धताका आधारमा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्ने दाबी गरे। नेकपाले गरेका वाचा र विगतमा हासिल गरेका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी हुने र निर्वाचनपछि पहिलो पार्टी बन्ने बताएको हो।

एमालेले आफ्नो पार्टी पहिलो बन्ने अवस्था देखेपछि निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भइरहेको आरोपसमेत लगाएको छ। निर्वाचनलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने षड्यन्त्रका तानाबाना बुनिँदै आएको एमालेको आरोप समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह