काठमाडौँ | दाङको तुलसीपुरमा एमालेको झण्डा जलाउने व्यक्ति आफ्ना कार्यकर्ता नरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ। शनिबार प्रेस नोट जारी गर्दै रास्वपाले आन्तरिक डेटा प्रणालीमार्फत गरिएको छानबिनबाट झण्डा जलाउनेहरू पार्टीका सदस्य नभएको पुष्टि भएको उल्लेख गरेको छ।
“ रास्वपाको आन्तरिक डेटा प्रणालीमा गएर सबै आन्तरिक छानबिन गर्दा आधिकारिक कार्यकर्ता नभएको पुष्टि भएको छ”, प्रेस नोटमा भनिएको छ। बिहीबार राति रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को स्वागतमा आयोजित भेलाका क्रममा एमाले को झण्डा जलाइएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेकाे छ।