२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख

२०८२, २६ फाल्गुन मंगलवार १७:०५

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्।

पौडेलले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ९७ हजार २७५ रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, छापा एवं विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ हजार ३२५, छपाइमा १ लाख ९० हजार खर्च भएको उल्लेख छ।

त्यस्तै, एसएमएस १ लाख ७५ हजार, मतदाता नामावली खरिद ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालन ५५ हजार, अन्तर्क्रिया ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय गरी २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको निर्वाचन आयोगमा पेस गरेको विवरणमा उल्लेख छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको थियो।

आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्याङ्कनका आधारमा पाँच वर्गमा विभाजन गरी २५ लाख देखि ३३ लाख रुपैयाँ सम्मको खर्च निर्धारण गरिदिएको थियो।

जसअनुसार रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले २९ लाख रुपैयाँको सीमाभित्र रहेर खर्च गर्न पाउने गरी आयोगले खर्च निर्धारण गरिदिएको थियो। जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिन भित्रमा आफ्नो चुनावी खर्च विवरण पेस गर्न सबै उम्मेदवारहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित