२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी

२०८२, ३ चैत्र मंगलवार १६:००

काठमाडौँ | रवि लामिछानेसँग सम्बन्धित स्वार्थ बाझिने रिट निवेदनमा तेस्रो दिन पनि बहस जारी छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेल र सारंगा सुवेदीको संयुक्त इजलासमा रास्वपाका सभापति लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ तीन दिनदेखि चलिरहेको छ ।

न्यायाधीश बन्नुअघि लामिछानेको वकिलका रूपमा काम गरेका पोखरेलले आलोचनाका बीच सुनुवाइलाई निरन्तरता दिएका छन् । न्यायाधीश आचार संहिता, आफ्नै प्रतिबद्धता र अन्तर्राष्ट्रिय अभ्यासलाई बेवास्ता गर्दै उनी लामिछानेसँग सम्बन्धित मुद्दा सुन्न पुगेका हुन् । महान्यायाधिवक्ता कार्यालयको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध अभियन्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका छन् । निवेदक र उनका कानुन व्यवसायीले बहस सुरु हुनुअघि नै न्यायाधीश पोखरेललाई लामिछानेसँग सम्बन्धित मुद्दाबाट आफूलाई अलग राख्न अनुरोध गरेका थिए ।

तर, त्यस अनुरोधलाई बेवास्ता गर्दै पोखरेल इजलासमा बसेका थिए । सम्भावित रूपमा मंगलबार बहस सकिएर आदेश सार्वजनिक हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट