काठमाडौँ | पार्टी अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा ओलीलाई पक्राउ गरेर हिरासतमा राखिएको भन्दै एमालेले तेस्रो दिन विरोध प्रदर्शन गरेको हो ।
अहिले एमालेका नेता कार्यकर्ताहरू काठमाडौँको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् । आजको प्रदर्शनमा एमालेका केन्द्रीय पदाधिकारीहरू पनि देखिएका छन् ।