
काठमाडौँ | नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । बैठक अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र समसामयिक राजनीतिमा छलफल केन्द्रित रहने बताइएको छ । सँगै अहिलेसम्मको आन्दोलनको समीक्षा पनि बैठकमा हुनेछ ।
अध्यक्ष ओलीलाई सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले आन्दोलनमा छ । तर, आन्दोलनमा सहभागिता न्यून देखिएको छ ।