
काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलाको २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५५ रुपैयाँले बढेको हो । सुनको मूल्य बढेर तोलाको ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मुल्य ५ हजार ६५ रुपैयाँ रहेको थियो ।