२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला

२०८३, २ बैशाख बुधबार १३:०५

काठमाडौँ | कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार दिउँसो करिब ४:४० बजे बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा स्थानीय ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयनाथ बस्याल डुबेर बेपत्ता भएका हुन्।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर खोज तथा उद्धार कार्य सुरु गरिएको थियो। खोजतलासका क्रममा आज बिहान ७:५५ बजे सोही नदीको बीच भागबाट बगनासकाली-९ चापपानी निवासी २९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको प्रहरीले जनाएको छ।

अर्का बेपत्ता शरण भुसालको खोजी कार्य भने जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने