2026-09-30 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर-सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।

उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भए पनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए । उनले भने, ‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ । संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो । चित्त नबुझेको कुराहरू वा संविधानमै लेखेका धाराहरूमा सुधार गरौँ भन्ने कुरामा पार्टीले विचार गर्छ ।’

उनले चालू आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेको जानकारी दिए । तर आन्तरिक तथा बाह्य कारणका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण अवस्था रहेको उनले बताए ।

उनले भने, ‘राजनीतिक स्वार्थ समूहहरुबीचको गठजोडले सिङ्गो देश नै बन्धक बन्यो । त्यसैले सरकारले एक्सन लिइरहेको छ । तर सबैलाई समान नियम लागू होस भन्ने चाहन हो । दुई चार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिङ्गो देशलाई बन्धक राख्ने र युवा पुस्ताको आशालाई बन्धक गराउने कामलाई चिर्न खोजेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी