2026-09-30 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा

काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस नसकिएका कारण हेर्दाहेर्दैमा राख्दै शुक्रबारका लागि सुनुवाई तोकेको छ। न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बिहिबार बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखेको हो ।

यस अघि रिट निवेदनमा संवैधानिक र कानुनी प्रश्न निरुपण गर्नुपर्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको थियो। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाईपछि निर्वाचन आयोग र गगन थापालगायतलाई छलफलमा बोलाउँदै संविधान, कानुन, नेपाली कांग्रेसको विधानलगायतका विषयमा र निर्वाचन आयोगको निर्णयबारे पछि निर्णय गर्नेगरी आदेश गरेको थियो।

कांग्रेसभित्रको विवादका कारण विशेष महाधिवेशन गरी कांग्रेस सभापतिमा गगन थापालाई सभापतिमा छनोट गरिएको थियो। त्यसपछि निर्वाचन आयोगले कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे भन्ण्डा विशेष महाधिवेशन पक्षधरलाई दिएको थियो। त्यसविरुद्ध यस अघिका सभापति शेरबहादुर देउवाले आफूहरु आधिकारिक रहेको दाबीसहित ५ माघमा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी