2026-09-30 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वसम्मतिमा संसदीय दलको नेता छान्न सहमति गर्नु परेकाले नेता चयनमा ढिलाइ भएको बताएका छन् । अल्छी गरेर या लाचार भएर नेता छान्न ढिलाइ नभएको उनको दाबी छ । सोमबार भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाएपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले ढिलो भए पनि राम्रो निर्णय भएको बताएका हुन् ।

‘अल्छी गरेर ढिलाइ भएको होइन, लाचार भएर पनि ढिला भएको होइन, यो निर्णयमा पुग्नुपर्ने भएकोले हो,’ गगनले भने, ‘कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो ।’

भीष्मलाई संसदीय दलको नेता बनाउने सहमतिमा कांग्रेसका सबै सांसद र पदाधिकारीको सम्मान रहेको गगनले बताए । ‘संसदीय दलको नेताका आकांक्षी अर्जुननरसिंह केसीको पनि प्रस्ताव हो, सर्वसम्मत चयन गर्न अरू सांसदले पनि सहयोग गर्नुभएको छ,’ उनले भने । संसदीय दलका नेताले कांग्रेसको आदर्श, सिद्धान्त र देशको आवश्यकताअनुसार संसदभित्र सबैलाई एकढिक्का बनाएर लैजाने विश्वास थापाले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम