2026-10-20 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ | नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–५ निवासी ३८ वर्षीय सत्य नारायण चौधरीसहित रहेका छन्। नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयका अनुसार उनीहरूसँगबाट २ वटा झोलामा राखिएको ४० बण्डल नक्कली मुद्रा जस्तो कागज, बा.प्र.०१०३२ च ७३१२ नम्बरको ईभी मिनी हायस गाडी, बा ४७ प ५४११ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल तथा विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरिएको छ।

अनुसन्धानबाट उक्त गिरोहले सुरुवातमा सानो रकमको कारोबार गर्दा सक्कली मुद्रा प्रयोग गरी पीडितको विश्वास जित्ने र पछि ठूलो रकमको कारोबारमा नक्कली मुद्रा जस्तो देखिने कागजको बण्डल दिएर ठगी गर्ने गरेको खुलेको छ। त्यस्तै, ‘जग्गा मिलाइदिन्छु’ भन्दै बैना रकम लिने र पछि काम गर्न नसकिने बहाना बनाएर नक्कली नोट दिएर ठगी गर्ने गरेको पनि प्रहरीले जनाएको छ।

गिरोहका सदस्य मिलन कुमार तामाङले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने प्रलोभन देखाएर एक पीडितबाट करिब ५ लाख रुपैयाँ ठगी गरेको तथ्य समेत खुलेको छ। प्रहरीका अनुसार यस गिरोहमा संलग्न अन्य व्यक्तिहरू पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन्। भबिन्द्र कुमार तामाङ यसअघि जुवा ऐन अन्तर्गत पक्राउ परेका थिए । मुना धामी हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेको रेकर्ड रहेको छ। यस्तै, प्रबिण महतो बैंकिङ कसूर तथा ठगी मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ