2026-10-20 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले सक्दो लचकता अपनाउने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीलाई मिलाउन आफूभन्दा भन्दा अगाडिका सभापतिहरूले देखाएको उदारताबाट सिकेको बताए ।

उनले भने, ‘सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु। पार्टीका नेताहरूले पनि यो समस्या बल्झाउने मात्र होइन । समस्यालाई समाधान नै गरेर जानुपर्छ भन्ने कुराहरूको सन्दर्भमा उहाँहरूको पनि भूमिका रहोस् भन्ने कुराको पनि अपेक्षा गर्छु। त्यसो गर्दा–गर्दै आफ्नै घर हो, आफ्नै पार्टी हो, यसलाई मिलाएर लिएर जान सकिन्छ ।’

उनले कांग्रेस भन्नासाथ अहिले भेला र छलफलको कुरा मात्रै आइरहेको बताए । उनले अगाडि भने, ‘कांग्रेस पार्टी भनिसकेपछि कहीँ कसैले पत्रिका पल्टाए हेर्‍यो भने यहाँ भेला भयो, यहाँ छलफल भयो। यसको–यसको कुरा मिलेन। यसको कुरा मिल्यो। बाहिरबाट एउटा मान्छेले हेर्दै गर्दा मानौँ कांग्रेस पार्टीको सारा समय त्यहीभित्रको झगडा मिलाउने कुरामा भइरहेको छ। तर यो सेकेण्डरी कुरा हो। यो महत्त्वपूर्ण छ, तर यो होइन ।’

उनले आफ्नो पार्टीभित्र मात्रै होइन बाहरिका ठुलो जमातलाई पनि सँगै लिएर हिँड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ