2026-10-20 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले

काठमाडौँ | सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नयाँ रणनीति तर्जुमा गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ‘निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन रणनीति’ तर्जुमा गर्ने प्रस्ताव पारित गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रको महत्त्वप्रति सचेत रहेको बताए । उनले महासंघको नेतृत्व हस्तान्तरणको घडीमा वर्तमान अध्यक्ष चन्द्र ढकालको सफल कार्यकालको प्रसंशा गर्दै आगामी नेतृत्वका लागि अन्जन श्रेष्ठलाई शुभकामना दिए । सरकारले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्‍याउने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको साथ अपरिहार्य रहेको मन्त्री वाग्लेको भनाइ छ ।

“रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो,” उनले भने । मन्त्री वाग्लेले नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ६६ खर्ब पुगेको जानकारी दिँदै १२ प्रतिशतको नोमिनल वृद्धि र ६ देखि ७ प्रतिशतको वास्तविक आर्थिक वृद्धिको लक्ष्य रहेको बताए । सरकारले वार्षिक रूपमा परिचालन गर्ने १८ देखि २० खर्बको बजेटभन्दा निजी क्षेत्रले गर्ने लगानी र योगदान अर्थतन्त्रमा ठूलो रहेको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासंघको निर्वाचन र नेतृत्व चयनका सन्दर्भमा दलीय आधारमा गुटबन्दी नगर्न र स्वच्छ प्रतिस्पर्धाबाट योग्य व्यक्तिहरू चयन गर्न उनले आग्रह गरे । महासंघले नेपालको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने ‘चाबी’ बोकेकाले यसको गाम्भीर्यलाई बुझेर एक ढिक्का भएर काम गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ