2026-09-30 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले

काठमाडौँ | सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नयाँ रणनीति तर्जुमा गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ‘निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन रणनीति’ तर्जुमा गर्ने प्रस्ताव पारित गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रको महत्त्वप्रति सचेत रहेको बताए । उनले महासंघको नेतृत्व हस्तान्तरणको घडीमा वर्तमान अध्यक्ष चन्द्र ढकालको सफल कार्यकालको प्रसंशा गर्दै आगामी नेतृत्वका लागि अन्जन श्रेष्ठलाई शुभकामना दिए । सरकारले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्‍याउने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको साथ अपरिहार्य रहेको मन्त्री वाग्लेको भनाइ छ ।

“रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो,” उनले भने । मन्त्री वाग्लेले नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ६६ खर्ब पुगेको जानकारी दिँदै १२ प्रतिशतको नोमिनल वृद्धि र ६ देखि ७ प्रतिशतको वास्तविक आर्थिक वृद्धिको लक्ष्य रहेको बताए । सरकारले वार्षिक रूपमा परिचालन गर्ने १८ देखि २० खर्बको बजेटभन्दा निजी क्षेत्रले गर्ने लगानी र योगदान अर्थतन्त्रमा ठूलो रहेको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासंघको निर्वाचन र नेतृत्व चयनका सन्दर्भमा दलीय आधारमा गुटबन्दी नगर्न र स्वच्छ प्रतिस्पर्धाबाट योग्य व्यक्तिहरू चयन गर्न उनले आग्रह गरे । महासंघले नेपालको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने ‘चाबी’ बोकेकाले यसको गाम्भीर्यलाई बुझेर एक ढिक्का भएर काम गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही