2026-09-30 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए। उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए। प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्नेमा उनले जोड दिए।

मधेश प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको जानकारी उनले दिए। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरे। पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता–कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उनले दिए।‘नेतासँग असन्तुष्टि हुन सक्छ, तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिन भन्न पाइँदैन, ’ उनले भने, ‘त्यस्तो गतिविधिमा संलग्न देखिएकामाथि कारबाही हुन्छ। ’उनले यसपटक करिब १० लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दाबी गर्दै कांग्रेस भूमिकाविहीन नभएको स्पष्ट पारे। ‘हामी हा¥यौं भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन, ’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी लाई पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। ‘हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ,’ उनले भने। सुशासनका सन्दर्भमा सरकारले गरेका सकारात्मक प्रयासलाई समर्थन रहने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए कांग्रेस ‘सतीसाल’झैं उभिने उनले बताए। थापाले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समस्यामा राज्य संवेदनशील हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सनकको भरमा डोजर चलाउन हुँदैन, उनीहरूको पनि आत्मसम्मान हुन्छ, ।’

कार्यक्रममा उनले शेरबहादुर देउवा सहित कांग्रेसका पूर्व सभापतिहरूको योगदानसमेत स्मरण गरेका थिए। सभापति थापाले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री