2026-09-30 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकुल प्रभावले मानव समाज भयभीत हुन थाल्दछ भन्ने पनि हामीले बिर्सन हुन्न भन्ने उनको भनाइ थियो । ‘त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुवै हुन् भनेर सम्झने र बुझ्ने पुनीत दिनलाई नै कानुन दिवसको रूपमा मनाइन्छ, कानुन दिवसको यही मर्मलाई आत्मसात् गर्न सके मात्र आत्मनिर्भर र सम्वृद्ध नेपालको कल्पना गर्न सकिन्छ’, उनले भने ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको बताए । साथै उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री