2026-10-20 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधिबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले सोमबार सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुईतिहाइको सरकारले अध्यादेशबाट मुलुक चलाउनु खोज्नु र सुकुम्बासीहरूलाई अपराधी जस्तै लखेट्नु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए ।

‘चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन’ उनले भने, ‘एउटा निर्वाचन हार्दैमा कांग्रेस सकिदैन । लोकतान्त्रिक चरित्र र लोकतन्त्रको संस्थागत बिकासका लागि कसैसँग सम्झौता हुँदैन ।’ सरकारका गतिविधीहरू लोकतान्त्रिक नभएकाले त्यसको लागि खवरदारी जरुरी भएको उनले औँल्याए । पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थित गरेर पार्टीलाई अगाडि बढाउने कुरामा सबै नेताहरूसँग छलफल भइरहेको उपसभापति शर्माले बताए ।

पार्टीभित्रका विवाद मिलाएर एकताबद्ध कांग्रेसका लागि सबै पक्षसंग संवाद भइरहेको उनले जानकारी दिए । पार्टीभित्रको बृहत एकताका लागि सबै नेताहरूलाई पार्टीले सम्मान गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ