2026-10-20 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगत भन्दा पनि बजेटकै विषयलाई लिएर भेटघाट गर्न आइरहेको बताएका छन् ।

उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर अनौपचारिक रुपमा व्यक्तिगत र समूहगत रुपमा समेत भेटघाट गरिरहेको जानकारी दिएका छन् । अर्थमन्त्री वाग्लेले अधिकांश सांसदहरु नीतिगत भन्दा पनि केहि साना–साना बजेटकै कुरा लिएर आउने गरेको बताउँदै यो विगतकै अभ्यास समेत भएको बताए । अर्थमन्त्री वाग्लेले यस पटक बजेटमा सिधै अर्थ मन्त्रालय प्रवेश नगर्ने र जुन मन्त्रालय अन्तर्गतको योजना हो त्यहि मन्त्रालय अन्तर्गत आउनु पर्छ भन्ने सिद्धान्तको आधारमा अगाडि बढिरहेको समेत जानकारी गराए ।

उनले सम्बन्धित मन्त्रालयमा ‘इन्ट्री’ भएर आउने र असाध्यै जायज, १६ आवधिक योजना र सरकारले नै बोलेका कुरा र वाचा र सांसदले आफ्ना निर्वाचन क्षेत्रमा गरेका वाचाका विषयमा अर्थमन्त्रालय उद्धार भए पनि त्यो चरणमा अर्थ मन्त्रालय पुगिनसकेको अर्थमन्त्री वाग्लेले बताए । अहिले पनि सांसदहरुका योजनाहरुलाई अधिकतम रुपमा बजेटमा समावेश गर्न अर्थ मन्त्रालयले काम गरिरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ