काठमाडौँ | पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ ।
बस फर्कने क्रममा आज अर्घाखाँची पाणिनी–८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।