2026-10-20 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भन्दै बुधबारको बैठक अवरोध गरेका विपक्षी दलले आज भने बैठक चल्न दिएका छन् । नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराएका सांसदहरूले आफ्नो प्रस्ताव पेस गरिरहेका छन् । त्यसअघि विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री उपस्थित नभए बैठक अवरोध गर्ने बताएका छन् । अघिल्लो संसद्मा रास्वपाका सांसद मनिष झाले बोलेको ‘संसद् चिया चौतारी होइन, आउन मन लागे आउने, जतिबेला पनि उठेर जाने’ भन्ने भनाइ स्मरण गराउँदै सभामुखले बैठक चल्ने अवस्था बनाउने विश्वास व्यक्त गरे ।

यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद् आउन प्रधानमन्त्रीलाई केले रोक्यो भन्दै प्रश्न गरे । उनले सुकुम्वासीको बस्तीमा डोजर चलाउन व्यस्थ भएकाले आउन नसकेको हो कि भन्ने प्रश्न गरे । यस्तै राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले प्रधानमन्त्री बालेनले संसद्लाई विश्वास नगरेको हो कि भन्ने देखिएको बताइन् । उनले आफूहरूले सुकुम्वासी बस्ती र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा छलफल गर्दा प्रधानमन्त्री बैठकमा नआएकोमा आपत्ति प्रकट गरिन् । उनले भनिन्, ‘पहिलो अधिवेशनमा पनि उहाँले सम्बोधन गर्नु भएन । दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि हिँड्नुभयो ।’

आजको बैठकमा छलफल मात्र हुने गरी बैठक चल्न दिने वातावरण बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ