काठमाडौँ | यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो।
वुद्ध हिमालको फेदमा यार्सागुम्बा संकलन गरेर फर्कनेक्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए। उनको शव गाउँमा ल्याई शुक्रबार गुरुङ परम्परा अनुसार अन्त्येष्टि गरिएको उनले बताए।
उनको शव बिहीबार गाउँमा ल्याइपुर्याइएको र शुक्रबार परम्परा अनुसार अन्त्येष्टि गरिएको गुरुङले बताए।