2026-08-02 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हजार ९२२ जना सवारी चालक कारबाहीमा

काठमाडौँ | ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी ाधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

मादकपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारी यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेका बेला आज काठमाडौँको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले सवारी चालकहरूमा विशेष परीक्षण गरेको थियो । सो क्रममा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाइरहेको अवस्थामा पाँच जना चालक फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेकामध्ये दुई जना बस चालक, एक जना मिनीट्रक चालक, एक जना लाइट गाडी चालक तथा एक जना हात्ती भ्यान चालक रहेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले संयुक्त टोलीद्वारा गरिएको चेकिङका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँच गर्दा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला