2026-09-30 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगरस्थित कोइराला निवास पुगेका छन्। अहिले शेखर कोइराला बस्दै आएको घरमा आज बिहान पुगेका हुन्। कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताए। उनले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताए।

उनले भने, ‘भित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने पार्टी सभापतिको रूपमा मेरो जिम्मेवारी हो। हामी सबै साथीहरू मिलेर प्रयत्न गरिरहेका छौँ। सबै नेताहरूले अहिलेको अवस्था र गम्भीरता बुझ्नुहुन्छ भन्ने विश्वास छ।’

केन्द्रीय समिति बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूल संरचनाभित्र आएर काम गर्न आग्रह गरिरहेको बताए।सदस्यता व्यवस्थापन, अनुशासन समिति तथा निर्वाचन समिति गठन सबै पक्षको सल्लाहमा गर्न आफू तयार रहेको बताए। उनले थपे, ‘पार्टीको सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति सबैको सहमतिमा बनाउन तयार छौँ। सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ।’

पार्टीको विधान विपरीत गतिविधि गर्ने र पार्टीको काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई भने अब छुट नदिइने स्पष्ट पार्दै आवश्यक परे धन्यवाद दिएर बिदा गर्ने चेतावनी दिए। उनले भने, ‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समिति भित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब के त्यहाँ अनुहार मन पर्दैन भन्नुपर्‍यो। त्यो भन्दा बाहेक बाँकी रहने भन्ने ठाउँ चाहिँ केही पनि छैन।’

उनले विभाजनको दिशातर्फ जाने कुनै अवस्था नरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री