2026-10-02 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

प्रसाईंलाई गत जेठ ४ गते प्रहरीले पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले युट्युबमार्फत महिलामाथि लाञ्छनायुक्त अभिव्यक्ति दिएको, साथै सेना र प्रहरीजस्ता राज्यका निकायमाथि अपमानजनक तथा अश्लील टिप्पणी गरेको आरोप लागेको छ।

यस्तै, नेपाल प्रहरीका तत्कालीन आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले आपत्तिजनक टिप्पणी गरेको आरोप उनीमाथि लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने