2026-09-30 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश–विदेशमा रहेका नेपाली महिला दिदीबहिनी तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील सबैप्रति शुभकामना व्यक्त गरेका छन्।

‘महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नारासहित मनाइँदै गरेको दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री शाहले संविधानले लैङ्गिक समानता, समावेशीता र समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको उल्लेख गरे। उनले राज्यका विभिन्न निकायमा महिलाको सहभागिता बढ्दै गएको र लैङ्गिक सूचकाङ्कमा सुधार देखिएको बताए। तर अझै पनि पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथाहरू र लैङ्गिक हिंसा जस्ता समस्या कायम रहेको भन्दै उनले यस्ता समस्याको अन्त्यका लागि कानुनी उपचारसँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले महिलामैत्री नीति, व्यवहार र संस्कृतिको विकासमार्फत महिलाको सशक्तीकरण गर्दै समतामूलक समाज निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री