2026-09-30 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरुलाई सिध्याउने षडयन्त्र जारी रहेको बताएका छन् । शुक्रबार अपानि–२ जारी गर्दै ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरुलाई सिध्याउने षडयन्त्र भइरहेको सन्देश पठाएका हुन् । ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,’ ओलीले अपानिमा लेखेका छन् ।

२३ र २४ भदौको घटनापछि प्रतिगमनतर्फ बढेको मुलुकलाई लयमा फर्काउने एमालेले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढाएको ओलीले अपानिमा लेखेका छन् । तर अरु दलहरुले साथ नदिएकाले चुनावमा भाग लिनु बाध्य भएको प्रष्टोक्ति ओलीले दिएका छन् ।‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधा नर लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनस्थाृपना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो,’ ओलीले लेखेका छन् ।

अरु दलले साथ नदिदा भाग लिनुपरेको चुनावमा एमालेले जित्न नसकेको पनि ओलीले लेखेका छन् । ‘निर्वाचनको परिणाम हाम्रो पार्टीका पषमा रहेन नै । नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरुको पक्षमा समेत रहेन,’ ओलीको सन्देश छ । ओलीले निर्वाचनको प्रक्रिया समेत शंका गरेका छन् । यद्यपि त्यसबारे छुट्टै समीक्षा प्रतिवेदन ल्याइने पनि उनले लेखेका छन् । ‘… यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन । यसको परिणाम पनि स्वभाविक रहेन’, अपानिमा लेखिएको छ, ‘यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदन मार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री