2026-09-15 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निर्वाचनका लागि दाङमा एमाले-माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

कात्तिक १४, दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । 

एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ । प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् । 

एमालेले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र पाएको छ । एमालेले क्षेत्र नं एकबाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । 

प्रदेशतर्फ ‘क’ मा माओवादीका इन्द्रजित थारु, ‘ख’ मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ । 

प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ मा हीराचन्द्र केसी, प्रदेशका लागि ‘क’ मा माओवादी उम्मेदवार र ‘ख’ मा एमालेका उत्तर ओली उम्मेदवार बन्नुहुने बताइएको छ । 

प्रदेशसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्णबहादुर महरा उम्मेदवार बन्नुभएको छ भने प्रदेशतर्फ २ को ‘क’मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल र ‘ख’मा एमालेकै अमर डाँगी उम्मेदवार बन्नुहुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ