2026-10-18 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

अमृत बास्तोला/कात्तिक १५, तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो । 

चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ । 

वाम गठबन्धनले एमालेका तर्पmबाट प्रतिनिधि सभाका लागि पूर्व सभासद् भवानी खापुङलाई उम्मेदवार बनाएको छ । राज्यमन्त्री गुरुङ र खापुङबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने राजनीतिक विश्लेषकले बताएका छन् । 

महिलानेत्री गुरुङ नेपाली काँग्रेसकी निर्वाचित केन्द्रय सदस्य हुनुहुन्छ । २०६४ र २०७० को संविधान सभाको निर्वाचन गरी गुरुङ जिल्लाबाट दुई पटक समानुपातिक सभासद् हुनुभएको छ । एमालेका खापुङ २०७० को संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित पूर्व सभासद् हुनुहुन्थ्यो । 

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेसले अनुभवी नेता गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट एमालेले लक्ष्मण तिवारीलाई प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ । 

ढुंगाना नेपाली काँग्रेस तेह्रथुमको दुई पटक नेतृत्व लिएका सभापति समेत हुनुहुन्छ । तिवारी पनि एमाले तेह्रथुमका जिल्ला अध्यक्ष हुनुहुन्छ । ढुंगाना अहिले पनि नेपाली काँग्रेस तेह्रथुमको जिल्ला सभापतिमा रहनुभएको छ । जिल्लाका दुई पार्टी अध्यक्षबीचको चुनावी प्रतिष्पर्धा पनि निकै रोचक हुने अनुमान गरिएको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेपाली काँग्रेसले विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले निर्वाचन क्षेत्र २ बाट प्रदेश सभाका लागि तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । 

नेपाली काँग्रेसका प्रखर नेता सम्बाहाम्फे र एमालेका पूर्व जिल्ला सभापति कन्दङवाबीचको प्रतिस्पर्धा पनि रोचक हुने बताइएको छ । वाम गठबन्धनबाट जिल्लामा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार पाएको छैन । 

तेह्रथुममा प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको छ भने प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु