कात्तिक १६, तेह्रथुम | प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा पनि दलहरुले शान्तिपुर्ण मनोनयन दर्ता गराएका छन् । निर्धारित समयभन्दा ढिला गरेर मात्रै मुख्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १६, तेह्रथुम | प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा पनि दलहरुले शान्तिपुर्ण मनोनयन दर्ता गराएका छन् । निर्धारित समयभन्दा ढिला गरेर मात्रै मुख्य "/>

2026-09-07 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा यसरी भयो मनोनयन दर्ता


कात्तिक १६, तेह्रथुम | प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा पनि दलहरुले शान्तिपुर्ण मनोनयन दर्ता गराएका छन् । निर्धारित समयभन्दा ढिला गरेर मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका दलहरुमध्ये कतिपयले साँझ अबेरसम्म पनि उम्मेद्वारको मनोनयनका लागि आवश्यक कागजात जुटाउन सकेका थिएनन् । 

प्रतिनिधि सभाका लागि ११, प्रदेश सभा क्षेत्र नं. १ मा  ८ र क्षेत्र नं. २ मा ६ जनाको उम्मेद्वारी परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाबाट नेपाली कांग्रेस, बाम गठबन्धन, संघीय लिम्बुवान मन्च, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, राप्रपा प्रजातान्त्रिक, मंगोल नेशनल अर्गनाइजेसन, राष्टिय जनमोर्चा, जनमुक्ति पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा र नेकपा मालेले उम्मेदवारी दर्ता गराएका हुन् । 

साना दलले खासै जनप्रदर्शन गर्न सकेनन् भने दुई ठुला दलहरुले प्रतिष्पर्धात्मक प्रदर्शन गरे । नेपाली कांग्रेस र बाम गठबन्धनले विभिन्न जातीय झाँकी र पन्चे बाजासहितको र्यालीले बजार परिक्रमा गरी जिल्ला अदालतसँगै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका छन् । 

प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसकी युवा नेतृ भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्तापछि कांग्रेस केन्द्रिय सदस्य समेत रहनुभएकी राज्यमन्त्री गुरुङले संविधान कार्यान्वयन, युवा तथा महिलाका मुद्धा उठाउन आफुले उम्मेदवारी दिएकोे बताउनुभयो । जिल्लाको पुर्वाधार विकास, सडक, शिक्षा, खानेपानी, सिंचाई र रोजगारीका मुद्धा पनि आफ्ना प्रमुख प्राथमिकता रहेको राज्यमन्त्री गुरुङले बताउनुभयो ।

बाम–गठबन्धनकातर्फबाट नेकपा एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । मनोनयन दर्ता गरेपछि नेता खापुङले स्थायी सरकार र विकासका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । 

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट संघीय लिम्बुवान मन्चका शंकरमान लिम्बु, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भटराई, नेकपा मालेका डिल्ली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनका गंगाबहादुर चोङवाङ, संघीय समाजवादी फोरमका तिर्थ अधिकारी, राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, राप्रपा प्रजातान्त्रिकका गौरी प्रसाद कन्दङवा र जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ मा कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय लिम्बुवान मन्चका पुर्व जिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे, संघीय समाजवादी फोरमका सुर्य मादेन, नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसनका डालेश्वर लिम्बु, नेकपा मालेका माधव खनाल र राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । 

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका पुर्वकोषाध्यक्ष विजय सम्बाहाम्फे, नेकपा एमालेका पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा, संघीय लिम्बुवान मन्चका विष्णुकुमार चोङवाङ, नयाँ शक्ति पार्टीका राजेन्द्र कन्दङवा, मंगोल नेशनल अर्गनाइजेसनका डम्बर लिम्बु, नयाँ शक्ति नेपालका राजेन्द्र कन्दङवाको उम्मेद्वारी परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित