2026-10-18 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा कुनै उम्मेदवार विरुद्ध पनि उजुरी परेन

कात्तिक १८, तेह्रथुम । तेह्रथुमबाट मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध कुनैपनि उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ११ राजनीतिक दलले उम्मेद्वारी दिएका थिए । कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ दलको उम्मेदवारी परेको हो । 

यस्तै प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा ९ र ‘ख’ निर्वाचन क्षेत्रमा ८ दलको उम्मेदवारी दर्ता भएको छ । तेह्रथुममा कुनैपनि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छैनन् । निर्वाचन आयोगका अनुसार शनिबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा फिर्ता लिन सक्नेछन् । 

आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । 

तेह्रथुममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट सीता गुरुङ,  वाम–गठबन्धनबाट भवानीप्रसाद खापुङ, संघीय समाजवादी फोरम नेपालबाट तुलसीप्रसाद अधिकारी, नेकपा मालेबाट डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकबाट गौरीप्रसाद कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चबाट शंकरमान लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनबाट गंगाप्रसाद चोङवाङ, राष्ट्रिय जनमोर्चा पार्टीबाट हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टी नेपालबाट टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीबाट सागरनाथ रेग्मीको उम्मेदवारी परेको छ ।

यस्तै प्रदेश सभा सदस्य ‘क’ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका गोविन्द ढुंगाना, बाम गठबन्धनका लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सुर्य मादेन, नेकपा मालेका माधव प्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका बीरबहादुर थापाले उम्मेदवारी दिएका छन् । 

यस्तै प्रदेश सभा सदस्य ‘ख’ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका विजय सम्बाहाम्फे, बाम गठबन्धनका तेजमान कन्दङवा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदा देवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका विष्णुकुमार लिम्बु, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापाको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभामा जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश सभामा ‘क’ निर्वाचन क्षेत्रमा म्याङलुङ्ग नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पर्दछन् । यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका पर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु