कात्तिक २२, तेह्रथुम | तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, तेह्रथुम | तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प"/>
2026-10-18 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका २५ सहित डेढ सय माओवादी कार्यकर्ता कांग्रेसमा प्रवेश

कात्तिक २२, तेह्रथुम | तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प्रेम खापुङ्ग सहित तेह्रथुमका २५ बढी मतदाता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

नेपाली काग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङका अनुसार सो अवसरमा पुर्वका विभिन्न जिल्लाका डेढ सय बढी माओवादी कार्यकर्ता माओवादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य तथा तेह्रथुमबाट प्रतिनिधि सभाकी प्रत्यक्ष उम्मेदवार सीता गुरुङले स्वागत गर्नुभएको थियो । 

सो अवसरमा हाल भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री रहनुभएकी कांग्रेस युवा नेतृ गुरुङलाई प्रधानमन्त्री देउवाले सफलताको शुभकामना समेत दिनुभयो । नेतृ गुरुङ चुनावी प्रचार प्रसार र मतदाताका घरदैलोसम्म पुग्न विहीबार गृहजिल्ला आउदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु