2026-09-14 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा नेपाली कांग्रेसले चुनावी गतिविधि तीब्र बनायो

कात्तिक २२, रोल्पा । नेपाली काँग्रेस रोल्पाले आसन्न निर्वाचनमा आफ्ना गतिविधिहरुलाई तीब्र बनाएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका उमेदवार एवम नेपाली काँग्रेस रोल्पाका सभापति तथा सिंचाई राज्य मन्त्री अमरसिंह पुन, प्रदेश सभा सदस्य रोल्पा १ का उमेदवार शेरबहादुर महरा लगायतको टोली आज बडाचौरमा पुगेको छ । 

उहाँहरुको साथमा संस्थापक सभापति सुरेन्द्र हमाल, पूर्व सभापति माधवप्रसाद आचार्य पूर्व सांसद लेखनाथ आचार्य सहितको टोली पुगेको छ । यस्तै क्षेत्र नं. २ मा यसअघि अमरसिंह पुन पुगेर आउनु भएको छ । 

क्षेत्र नं. २ को  आजै दुईखोलीमा  खगेन्द्रप्रकाश हमाल सहित बिभिन्न नेता तथा कार्यकर्ताहरु पुग्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले प्रचार प्रसारका गतिविधि बढाएसंगै स्थानीय मतदाताहरुमा  उत्साह जागेको छ । 

बिहिबार भाबाङमा र सुलिचौरमा भेटघाट कार्यक्रम तय गरिएको नेपाली काँग्रेसका कार्यालय सचिव भीमबहादुर घर्तीले जानकारी दिनुभयो । २०७० सालको संविधान सभा  निर्वाचनमा भन्दा गत स्थानीय तहको निर्वाचनमा रोल्पमा नेपाली कांग्रेसको पक्षमा हजारौं मत बृद्धि हुनुले नेपाली कांग्रेसलाई सकारात्मक सन्देश दिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ