2026-09-11 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सामाजिक सद्भाव नबिगार्न प्रधानमन्त्रीको अपिल, आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह

साउन १४, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका अनुसार गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरिसकेको छ भने गृहमन्त्री स्वयं घटनास्थलमा पुगेर शान्ति सुरक्षा अवस्थाको अनुगमन गरिरहेका छन्। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको र थप अप्रिय घटना रोक्न सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए। साथै, राष्ट्रिय सुरक्षा परिषद् र सर्वदलीय बैठकमार्फत परिस्थितिलाई सामान्य बनाउन आवश्यक निर्णय तथा संवाद जारी रहेको बताए।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचार नगर्न सबैलाई आग्रह गर्दै सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामात्र विश्वास गर्न अनुरोध गरे। कुनै एक स्थानको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्ने वा देशभर प्रतिशोधको भावना फैलाउने कार्य न्यायोचित नहुने उल्लेख गर्दै उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने