2026-10-21 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सामाजिक सद्भाव नबिगार्न प्रधानमन्त्रीको अपिल, आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह

साउन १४, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका अनुसार गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरिसकेको छ भने गृहमन्त्री स्वयं घटनास्थलमा पुगेर शान्ति सुरक्षा अवस्थाको अनुगमन गरिरहेका छन्। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको र थप अप्रिय घटना रोक्न सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए। साथै, राष्ट्रिय सुरक्षा परिषद् र सर्वदलीय बैठकमार्फत परिस्थितिलाई सामान्य बनाउन आवश्यक निर्णय तथा संवाद जारी रहेको बताए।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचार नगर्न सबैलाई आग्रह गर्दै सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामात्र विश्वास गर्न अनुरोध गरे। कुनै एक स्थानको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्ने वा देशभर प्रतिशोधको भावना फैलाउने कार्य न्यायोचित नहुने उल्लेख गर्दै उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ