2026-07-26 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिप्लबका कार्यकर्ता तुरुन्त रिहाई गर: सिंचाइ राज्यमन्त्री पुन

कविता उपाध्याय/कात्तिक २४, रोल्पा । सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले रोल्पामा प्रहरी प्रशासनद्वारा बुधबार पक्राउ परेका बिप्लबका कार्यकर्ताको रिहाइका लागि आह्वान गर्नभएको छ । 

काम विशेषले लिबाङ बजार आएका बेला पक्राउ परेका नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति र सुवर्णाबती गाउँपालिकाको मिझिङबाट पक्राउ परेका नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी लगायत सोही पार्टीका अन्य दुइजना कार्यकर्ताको यथासिघ्र रिहाईका लागि पुनले आह्वान गर्नुभएको हो । 

“शान्तिपूर्ण रुपमा समाजमा राजनीति गर्ने र घुमफिर गर्ने अधिकार सबैलाई हुन्छ । तर यसरी पुलिस प्रशासन लगाएर धर पकडमा पार्ने अधिकार कसैलाई हुँदैन । यसमा मेरो घोर आपत्ती छ, बिरोध छ । त्यसैले यथासीघ्र रिहाइकालागि प्रहरी प्रशासनलाई मेरो निर्देशन पनि छ । ”उहाँले भन्नुभयो । 

राज्यमन्त्री पुनका अनुसार कसैले समाजमा विद्धंस गर्छ, हिंसात्मक गतिविधिमा संलग्न रहन्छ वा दुब्र्यबहार गर्छभने त्यस्ता ब्यक्तिलाई पक्राउ गर्नका लागि प्रहरी प्रशासन वा अन्य क्षेत्रमा आफ्नोपनि सकारात्मक साथ र सहायोग रहनेछ । 

तर शान्तिपूर्ण रुपमा राजनीति गर्ने ब्यक्तिलाई पक्राउ गर्नु मानव अधिकार विरोधी कार्य भएको हुँदा उहाँले यसरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ पर्नु निन्दनीय भएको र यसप्रति आफ्नो घोर आपत्ती रहेको बताउनु भयो । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले प्रहरी प्रशासनको कुनै आग्रह वा प्रर्वाग्रह नभएको बताउनु भयो । डा. भट्टराईका अनुसार पक्राउ परेका ब्यक्तिहरु निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेको हुँदा गृहमन्त्रालयको आदेश बमोजिम नियन्त्रणमा लिनु परेको उहाँको धारणा छ । 

यस्तै प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले पक्राउ परेका ब्यक्तिहरु शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधिमा संलग्न भएको हुँदा आफूहरु पक्राउ गर्न बाध्य भएको बताउनु भयो । उहाले भन्नुभयो “हामीले उहाँहरुलाई कुनै पार्टीका कार्यकर्ता भएको हिसावले पक्राउ गरेका होइनौं ।  

स्वतन्त्र तथा भयरहित वातावरणमा मतदान गर्न चाहने मतदाताहरुमा डर त्रास देखाउदै निर्वाचन बिरोधी कार्यहरु गरेको हुँदा उहाँहरुलाई पक्राउ गरी यस विषयमा अनुसन्धान प्रारम्भ भइरहेको छ । अनुसन्धान पश्चात कानून बमोजिम कारबाही हुन्छ ” उहाँले भन्नुभयो ।  

प्रनाउ फुयालले आफूहरु कुनैपार्टी वा ब्यक्ति कसैसंग पनि पूर्वाग्रही नभएको दावी समेत गर्नुभयो । चुनाव विरोधी गतिविधि गर्ने वा जनतालाई डरत्रास देखाइ प्रलोभनमा पार्ने जो कोही ब्यक्तिलाई पनि आफूहरु पक्राउ गर्न बाध्य हुने समेत उहाँले बताउनु भएको छ । 

यता पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवम् अधिकारकर्मी महेश न्यौपानेले नागरिकको स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । भोट हाल्नु वा चुनाव बहिष्कार गर्नु कुनैपनि नागरिकको अधिकार भएको हुँदा विना प्रमाण यसरी नागरिकलाई थुनामा राख्नु गैर जिम्मेवारीपूर्ण काम भएको उहाँले बताउनु भयो । 

अर्कोतर्फ नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु आक्रोसित भएका छन् । स्थानीय निर्वाचनमा पनि प्रहरी प्रशासनले आफूहरुलाई दुःख दिएको र अहिलेपनि दुःख दिन खोजिरहेको उनीहरुको आरोप छ । समाजमा शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई यथासीघ्र रिहाइका लागि उनीहरुको जोडदार माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ