2026-07-26 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अब सिंगो देशलाई नै कांग्रेसमय बनाउनुपर्छ: पुन

कात्तिक २४, रोल्पा । राष्ट्रको समृद्धि, शान्ति र स्वाधिनता चाहने राजनीतिक दलललाई आगामी निर्वाचनमा मतदान मार्फत छनौट गर्न नेपाली कांग्रेस रोल्पाका सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार अमरसिंह पुनले रोल्पालीहरुलाई अनुरोध गर्नुभएको छ । 

देशमा जटिल मोडहरुमा नेपाली कांग्रेसले नेतृत्व लिएको स्मरण गर्दै पुनले अब सिंगो देशलाई नै कांग्रेसमय बनाउनु पर्ने बताउनु भयो । प्रकृति युवा क्लव घोडागाउँ रोल्पाको दशौं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनले यस्तो बताउनु भएको हो । 

दशवर्षे सशस्त्र युद्धले थिलोथिलो भएको रोल्पालाई अब दु्रत गतिमा अघि बढाउनु पर्नेमा उहाँको जोड थियो । 

यसैवीच पुनले “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने नारालाई सार्थक बनाउन युवाहरुले खेलकूद क्षेत्रको विकासमा विशेष योगदान दिनुपर्ने बताउनु भयो । उहाँका अनुसार खेलाडीहरुले खेलको माध्यमद्वारा देशलाई विश्वमै चिनाउन सकिने भएको हुँदा उनीहरुलाई प्रेरित गर्नका लागि राज्यलेपनि विभिन्न नीति तथा कार्यक्रमहरु निर्माण तथा कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने बताएको पुनका स्वकीय सचिव रोनी पुनले जानकारी दिनुभयो । 

नृपेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बयोबृद्ध एवम् रोल्पाका पुराना राजनीतिज्ञ तथा पूर्व मन्त्री बालाराम घर्तीमगर, नेपाली कांग्रेसका पूर्व सांसद लेखनाथ आचार्य, नेपाली कांगे्रस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका उप सभापति किशोरकुमार आचार्य, सुवर्णावती गाउँपालिका १ घोडागाउँ रोल्पाका वडा अध्यक्ष केशब कवर, रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको त्यहाबाट पत्रकार योगेन्द्र अनुपम जिसीले जानकारी दिनुभयो । 

कार्यक्रमका सहभागिहरुले शान्ति समृद्धि र संविधान कार्यान्वयन तथा समाजिक रुपान्तरणका लागि आगामी निर्वाचनमा प्रदेश सभा तथा प्रतिनिधि सभामा सबैले रुखमा मतदान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ