2026-07-03 09:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

वाम गठबन्धन ल्याए पाल्पाको समृद्धि ल्याउने घोषणापत्र

2017-11-13

कात्तिक २७, पाल्पा । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समिति, पाल्पाले सामाजिक न्यायसहितको आर्थिक समृद्धिका योजना समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । 

वाम गठबन्धनको घोषणापत्र मस्यौदा समितिका संयोजक झपेन्द्र जिसीले सामाजिक न्याय र समानतामा आधारित समाजवाद स्थापना गर्ने वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताउनुभयो । 

उहाँले लोकतान्त्रिक गणतन्त्रका निम्ति लामो संघर्ष गरेका मुख्य कम्युनिस्ट शक्तिहरूबीचको तालमेलले ल्याएको यो प्रतिबद्धतापत्रले पाल्पाको विकास र समृद्धि हासिल गर्ने मार्गचित्र देखाएको बताउनुभयो । 

नेकपा (एमाले) का नेता धनेन्द्रराज घिमिरेले वाम गठबन्धनले बहुमतको सरकार निर्माण गरी मुलुक र जिल्लाको विकासमा कायापलट गरी देखाउने बताउनुभयो । उहाँले घोषणापत्र बनाउनका लागि होइन, काम गर्ने योजनाका लागि बनाइएको हो भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले घोषणापत्रअनुसार भविष्यमा पनि काम गर्न सुझाव दिनुभयो । 

वाम गठबन्धनले सिद्धबाबा वैकल्पिक सडक, ‘एक घर एक धारा’, कालीगण्डकी लिफ्ट खानेपानी, अन्तरजिल्ला जोड्ने उत्तर—दक्षिण सडक, पाल्पा दरबार संग्रहालयलाई ५ नं प्रदेशको संग्रहालय स्थापना, पाल्पालाई पर्यटनको केन्द्र बनाउने लगायतका योजना समेटिएको मस्यौदा समितिका सदस्य मथुरा ढकालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक