2026-09-15 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाली जनताले अझै लोकतन्त्रको प्रत्याभूति गर्न पाएनन्: पुन

कविता उपाध्याय/कात्तिक २८, रोल्पा । “दशवर्षे सशस्त्र युद्धका बेला रोल्पामा जुन खालको धङधङी थियो त्यो अझै घटेको छैन । रोल्पाली जनताले अझै लोकतन्त्रको प्रत्याभूति गर्न पाएका छैनन्” सिंचाइ राज्य मन्त्री अमरसिंह पुनले भन्नुभयो ।

उहाँका अनुसार “आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रचार प्रसारका लागि रोल्पाका दुरदराजमा बाम गठबन्धद्वारा आयोजना गरिएका विभिन्न चुनावी सभा समारोहमा स्थानीयबासीहरु जानै पर्ने भन्दै नेकपा माओबादी केन्द्रले ह्वीप जारी गरेको छ । कार्यक्रममा नजानेलाई रु. ५ सयदेखि १ हजार सम्म जरिवना हुन्छ” स्थानीय बासीलाई उद्दृत गर्दै पुनले भन्नुभयो । 

उहाँका अनुसार स्थानीय निर्वाचनमा रोल्पाली जनतालाई हसियाँ हतौडामा भोट नहाल्ने जनतालाई सीसी क्यामेराले फोटो खिचेको हुन्छ भन्दै डर, धम्कीका आडमा भोट हाल्न लगाउने काम भयो, कतिलाई आर्थिक प्रलोभनमा पारियो भने रोल्पाका विभिन्न मतदान केन्द्रमा बुथ क्याप्चर समेतगरी एकलौटी नतिजा हात पर्यो । प्रतिनिधि सभा तथा प्रदेश सभामापनि उक्त ब्यवहार दोहोरिन थालेको उहाँको आरोप छ । 

“अब त्यो सपना नदेखे हुन्छ” उहाँले माओबादी केन्द्र तर्फ इंगित गर्दै भन्नुभयो । जनताले जुन राजनीतिक दललाई चाहन्छन् त्यसैलाई रोज्न पाउनु पर्छ यसमा कसैले हस्तक्षेप गर्नुहुन्न । 

पुनका अनुसार रोल्पामा युद्धका बेला तत्कालिन नेकपा माओबादीलाई बन्दूकको दम्भ थियो तर अहिले बन्दूक रोकिएको छ तर द्वन्द्वको धङधङी अझै हटेको छैन । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा आएपनि जनताले त्यसको प्रत्यक्ष अनूभुति गर्न पाएका छैनन् उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ