2026-07-24 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहास जोगाउन र बनाउन चाहनेको प्रतिस्पर्धा

कात्तिक २९, तेह्रथुम । प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सरगर्मी निकै तातेको छ । 

जिल्लाबाट उम्मेदवारी दिएका विभिन्न नेता तथा कार्यकर्ता अहिले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँड्दै गाउँ–गाउँ र टोल टोलमा पुगिरहेका छन् । 

जिल्लाबाट यसअघि चुनाव जितेकालाई आफ्नो आधार क्षेत्र जोगाउन र पराजित भएकाले नयाँ इतिहास रच्ने कार्यमा केन्द्रीत भएको देखिन्छन् । जिल्लामा ११ वटा राजनीतिक दलले उम्मेदवारी दिए पनि लोकतान्त्रिक र वाम गठबन्धनका बीचमा नै कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । 

दुबै गठबन्धनले गाउँ–गाउँ पुग्न, कार्यकर्ता परिचालित गर्न, घरदैलो गर्न र मतदातालाई आफ्नो पार्टीमा भित्र्याउन÷प्रभावित पार्न नेता कार्यकर्तालाई परिचालित गरेका छन् । 

लोकतान्त्रिक गठबन्धनमा काँग्रेसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ भने वाम गठबन्धनमा नेकपा (एमाले)लाई नेकपा माओवादी केन्द्रको समर्थन छ । अझ वाम गठबन्धनका नेताहरु दुई दलबीचको गठबन्धन प्रभावकारी नहोला कि ? भन्ने भयले कार्यकर्ताको घर–घरसम्म पुगेर वाम एकता पार्टी एकतासम्मका लागि भएको भन्दै बुझाउन दौडधुप गरिरहेका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम गठबन्धनबाट नेकपा एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको प्रतिस्पर्धा रोचक बनेको छ । नेपाली काँग्रेस, केन्द्रीय कार्य समितिको दोस्रो पटक निर्वाचित सदस्य बन्नुभएकी नेत्री गुरुङ संविधान सभा–१ र २ मा निरन्तर जिल्लाबाटै समानुपातिक सांसद हुनुभएको थियो । 

एमालेबाट तेस्रो पटक उम्मेदवार बन्नुभएका नेता खापुङ २०७० को संविधानसभा चुनावमा जिल्लाबाट निर्वाचित हुनुभएको थियो । त्यसअघि २०६४ को संविधानसभा चुनावमा खापुङ काँग्रेसका तुलसी सुब्बासँग पराजित हुनुभएको थियो । २०७० मा खापुङले काँग्रेसका सुब्बालाई नै पराजित गर्नुभएको थियो । काँग्रेसकी उम्मेदवार युवा महिला नेत्री गुरुङ पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको हो । एमालेका खापुङले एक पटक जित÷हार दुवैको अनुभव सँगाली सक्नुभएको छ । 

बहुदल स्थापना पछिका सबै चुनावमा निरन्तर एमालेले नै जित्दै आएको जिल्लामा अचानक २०६४ मा काँग्रेसले जित्यो । तर टिकाउन सकेन । ०७० मा एमालेले पुनः आफ्नो पुरानो इतिहास कायम गर्न सक्यो । स्थानीय तहको चुनावमा पनि एमाले छ मध्ये पाँचमा विजयी भयो र माओवादी केन्द्र साँघुरियो । तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले स्थानीय चुनावबाट एउटा वडाध्यक्ष मात्रै जिताउन सक्यो । यहाँका मतदाता शिक्षित मानिन्छन् । तर पछिल्लो दशकमा यस्ता राजनीतिक उतार चढाव निरन्तर छन् । 

एमालेका उम्मेदवार खापुङ २०७० को आफ्नो जितलाई निरन्तरता दिन चाहनुहुन्छ भने काँग्रेसकी उम्मेदवार गुरुङ आफूले दुई पटक समानुपातिक हुँदा गरेको कामको फल चुनावबाट लिन चाहानुहुन्छ । जिल्लाबाट एक्ली महिला उम्मेदवार बन्नुभएकी गुरुङ प्रत्यक्ष निर्वाचित अहिलेसम्मकै एक्ली महिला नेत्री बनेर अर्को इतिहास बनाउन चाहनुहुन्छ । 

निर्वाचित सांसद हुँदासमेत कार्यकर्ताको भावनाबमोजिम काम गर्न नसकेको आरोप एमाले नेता खापुङलाई छ । तर अहिले माओवादीको समेत मत थपिएपछि मजबुद संगठन खापुङको पक्षमा छ । 

जिल्लाबाट पार्टीको केन्द्रीय सदस्य र सरकारको राज्यमन्त्रीसम्म भएकी गुरुङबाट समेत अपेक्षाकृत काम नभएको मतदाताको गुनासो छँदैछ । तर उहाँ जिल्लाबाट पछिल्लो झण्डै अढाई दशकको अवधिमा सरकारको मन्त्री हुने एक्ली नेत्री हुनुहुन्छ । उहाँ प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बन्नुभएको हो । त्यसकारण मतदाताको विश्वास एक पटक उहाँ माथि अडिन पनि सक्छ । त्यसो त मतदाताले कति बेला ? कसलाई रोज्छन् ? भन्ने मनोवैज्ञानिक अन्दाज लगाउन कठिन छ ।

यद्यपि इतिहास जोगाउन तल्लीन एमाले उम्मेदवार खापुङ र इतिहास बनाउने दाउमा रहेकी काँग्रेस नेत्री गुरुङबीचको चुनावी प्रतिस्पर्धा उत्कर्षमा छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङ र खापुङसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंकरमान लिम्बू, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई, नेकपा मालेका डिल्ली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशनका गंगाबहादुर चोङवाङ, संघीय समाजवादी फोरमका तीर्थ अधिकारी, राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा र जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी रहेको छ । सबै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा मतदान गर्न भन्दै गाउँ गाउँ पुग्न व्यस्त रहेका छन् । 

जिल्लाबाट प्रदेशको चुनावमा समेत बौद्धिक र राजनीतिक रुपमा ख्याति कमाएका नेताहरु प्रतिस्पर्धी बनेपछि प्रदेश चुनावसमेत उत्तिकै रोचक छ । प्रदेश सभा (क) मा काँग्रेसका जिल्ला अध्यक्ष गोविन्द ढुंगाना र एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारीबीच प्रतिस्पर्धा हुने देखिन्छ । ढुंगाना आफ्नो कार्यकालमा भत्किएको इतिहासलाई जोडघटाउ मिलाएर नयाँ इतिहास बनाउने दाउमा हुनुहुन्छ भने तिवारी जोगाउने होडमा कुदिरहनुभएको छ । त्यसो त संघीय लोकतान्त्रिक संविधान जारी भएपछिको पहिलो प्रदेशसभा सदस्यको निर्वाचन आफैँमा पनि ऐतिहासिक छ । 

प्रदेश सभा (ख) मा अझै बौद्धिक प्रतिस्पर्धा छ । काँग्रेसबाट प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे र एमालेका पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा यो क्षेत्रमा भिड्दै हुनुहुन्छ । प्रदेश सभा (क) मा ढुंगाना र तिवारीसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्वजिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे, संघीय समाजवादी फोरमका सूर्य मादेन, नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बू, नेकपा मालेका माधव खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यबहादुर थापा र राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवा मैदानमा हुनुहुन्छ । 

प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा काँग्रेसका सम्बाहाम्फे र एमालेका कन्दङवासँगै मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका मानबहादुर लिम्बू, संघीय समाजवादी फोरमका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदादेवी कार्की, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार चोङवाङ चुनावी मैदानमा हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक