2026-10-16 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

दश वर्षभित्र बसन्तपुर पुर्वकै समृद्ध शहर बनिसक्छ: राज्यमन्त्री गुरुङ

कात्तिक २९, तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर आगामी दश वर्षभित्र पुर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताउनुभएको छ । 

मध्यपहाडी लोकमार्गले छोएका दश स्थानमा नयाँ शहरी आयोजना सन्चालन गर्ने सरकारको अवधारणा बनेपछि आफुले बसन्तपुरलाई नयाँ शहर बनाउने अभियान थालनी गर्न महत्वपुर्ण भूमिका खेलेको भन्दै राज्यमन्त्री गुरुङले अबको एक दशकमा बसन्तपुर अत्याधुनिक सेवा सुविधासहितको शहर बन्ने बताउनुभयो । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहनुभएकी राज्यमन्त्री गुरुङले जिल्लाको पुर्वाधार विकास, पर्यटन प्रवर्धन र व्यवसायिक कृषि प्रसार गरी आर्थिक समृद्धिका निम्ति आफुले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताउनुभयो । उहाँले नमुना शहर बसन्तपुरलाई मध्यपहाडी लोकमार्गले कुनै क्षति नपु¥याउने समेत बताउनुभएको छ । 

‘लोकमार्गले बजारलाई असर नगर्ने गरी तपाई नगरबासीको चाहनाबमोजिम डाइभर्सन गर्न मैले सिफारिस गरी सकेकी छु, अब सोही बमोजिमको प्राविधिक काम सुरु हुन्छ,’ बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राज्यमन्त्री गुरुङले भन्नुभयो । उहाँले यहाँको समृद्धिको अर्को आधार गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र भएको भन्दै त्यहाँ रहेको गुराँसको संरक्षण र प्रचार गरी पर्यटकीय गन्तव्य बनाउन आफुले भूमिका खेल्ने बताउनुभएको छ । 

चुनावी सभामा बोल्दै तेह्रथुमबाट प्रदेश सभा (क) निर्वाचन क्षेत्रका उम्मेदवार कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले तमोर जलाशययुक्त आयोजना बनेमात्र पनि तेह्रथुम जिल्लाको समृद्धि सम्भव भएको बताउनुभयो । उहाँले सो आयोजना निर्माणका लागि हिजोदेखि विभिन्न दबाब अभियान चलाएको भन्दै आयोजना निर्माणका लागि भूमिका खेल्ने बताउनुभयो ।

जिल्लाको समृद्धिको अर्को आधार कृषि र पर्यटन भएकाले ती क्षेत्रको समेत विकास गर्ने आफुसँग स्पष्ट खाका भएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला सचिव सन्तोष सुब्बा, महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, जिल्ला सदस्य बालकुमार गुरुङ लगायत नेताहरुले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमबाट अम्बर बहादुर गुरुङको संयोजकत्वमा २ सय १ सदस्यीय नगरस्तरीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । 

सो अवसरमा स्थानीय चुनावमा माओवादी केन्द्रबाट लालीगुराँस नगरपालिका–९ का वडाध्यक्ष उम्मेदवार डिल्लीराम पौडेल सहित नेकपा एमाले र माओवादी केन्द्र छाडेर २० जना बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।  कार्यक्रम नेपाली कांग्रेसका लालीगुराँस नगरसभापति अर्जुनबाबु माबोहाङको अध्यक्षतामा भएको थियो । 

यसैबीच नेपाली कांग्रेसको प्रदेश सभा (ख) निर्वाचन क्षेत्रको मेन्छ्यायेम गाउँपालिका–३ र ४ को संयुक्त चुनाव प्रचार प्रसार कार्यक्रम श्रीजुङमा सम्पन्न भएको छ । कांग्रेस उम्मेदवार तथा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे सहित कांग्रेस नेताहरु सहभागी कार्यक्रममा चुनावी रणनीति र एजेण्डाहरु छलफल भएको थियो । 

नेता सम्बाहाम्फेले मेन्छ्यायेम गाउँपालिका प्राकृतिक श्रोत साधनले भरिपुर्ण रहेको भन्दै तिनको उचित परिचालन मात्रै जरुरी भएको बताउनुभयो । सोही भेलाले वडा नं. ३ मा धनबहादुर लिम्बुको संयोजकत्वमा ४१ सदस्यीय र वडा नं. ४ मा राजबहादुर लिम्बुको संयोजकत्वमा ४७ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । कांग्रेसले विहीबार छथर गाउँपालिकाका विभिन्न वडा र मेन्छ्यायेम गाउँपालिकाका वडाहरुमा प्रचार प्रसार गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु