काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बिमल सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले नेपाली जनसम्पर्क समिति मध्यपूर्वको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेविसंघ कास्की क्षेत्र नं. १ को क्षेत्रीय सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका सुवेदीले नेविसंघ कास्कीको सचिव, पृथ्वीनारायण क्याम्पस स्ववियु प्रचार समिति संयोजक तथा नेपाली जनसम्पर्क समिति कतारको संस्थापक महामन्त्री लगायतको जिम्मेवारी सम्हालिसकेको बताएका छन्।
कांग्रेसका १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा केन्द्रीय प्रचार विभागमा रहेर काम गरेको अनुभवसमेत रहेको उल्लेख गर्दै सुवेदीले प्रवासमा संगठन विस्तार र निर्माणमा हासिल गरेको अनुभवलाई पार्टीको केन्द्रीय जिम्मेवारीमा जोड्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बताएका छन्। उनले महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग साथ, समर्थन र मतको अपिल गरेका छन्।
