२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे

१ मंसिर २०७४, शुक्रबार १०:२८

मङ्सिर १, चितवन । राष्ट्रियरुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि पर्नुभएको छ । 

पूर्वप्रधानमन्त्री दाहाल काँग्रेस फकाउँदै हुनुहुन्छ भने पाण्डे एमाले फकाउँदै हुनुहुन्छ । काँग्रेस र एमालेबाट सो क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवार छैनन् । आफ्नो गठबन्धन बाहिरको मत तान्न सकेमा जित सुनिश्चित हुने भन्दै उहाँहरु एक अर्काको गठबन्धनबाट मत तान्न लागि पर्नुभएको हो । 

काँग्रेस निकट बुद्धिजीवी प्रा डा सूर्यकान्त घिमिरे माओवादी अध्यक्ष दाहालकी पुत्री रेनुलाई भरतपुर महानगरमा प्रमुख बनाउँदा काँग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्न सक्ने अपेक्षा दाहालको रहेको बताउनुहुन्छ । तर काँग्रेस झन बढी चिढिएकाले दाहालको त्यो अपेक्षा पूरा हुने घिमिरे सम्भावना कमै देख्नुहुन्छ । 

काँग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेका थिए । पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुष्ट बनेका एमालेका केही मत पाण्डेले पाउन सक्ने घिमिरे बताउनुहुन्छ । 

वाम बुद्धिजीवी रमाकान्त सापकोटा दाहालले काँग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने अनुमान गर्नुहुन्छ । परिणाम भविष्यवाणी गर्न नसकिए पनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उहाँ बताउनुहुन्छ । 

स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा दाहाललाई मतदान गर्ने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित बन्नुभएका एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले दाहालको चुनावी प्रचारमै हुनुहुन्छ । 

माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावी सभाहरुमा काँग्रेसलाई फकाउनमै समय बिताउने गर्नुभएको छ । अधिकांश उहाँको भाषणमा बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको उद्देश्य प्राप्तिका लागि आफू लागिपरेको बताउँदै आउनुभएको छ । 

शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू भएको भन्दै उहाँले अर्काे हस्ताक्षरकर्ता कोइरालाको सपना आफैँले मात्रै साकार गर्न सक्ने भन्दै भोट माग्दै आउनुभएको छ । काँग्रेसप्रति उहाँको गुनासो छ, “कि त आफ्नै उम्मेदवार हुनुपथ्र्याे, होइन भने गणतन्त्रविरोधी राप्रपालाई समर्थन गर्न हुँदैनथ्यो ।” 

यता पाण्डे पनि एमाले फकाउनमा आफ्नो समय खर्चिंदै आउनुभएको छ । हिजो छोरी जिताउने काँग्रेसलाई छाडेर एमालेको साथ लिन आएका दाहालले एमालेलाई पनि छाड्ने हुँदा सजग हुन एमालेलाई पाण्डेले अपिल गर्दै आउनुभएको छ । निर्वाचनपछि दाहालले एमालेलाई छोड्ने पाण्डेले बताउँदै आउनुभएको छ । 

दाहालका मुख्य प्रतिस्पर्धी पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वन तथा भू–संरक्षण मन्त्री हुनुहुन्छ । तत्कालीन क्षेत्र नं ४ र ५ मिलाएर बनाएको हालको क्षेत्र नं ३ मा पाण्डे पुनः काँग्रेसको समर्थनमा निर्वाचन लड्दै हुनुहुन्छ । 

विसं २०७० मा तत्कालीन क्षेत्र नं ४ मा काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी हुनुभएको थियो । काँग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आउनुभएको हो । तत्कालीन क्षेत्र नं ५ बाट पाण्डे विजयी हुनुभएको थियो । विसं २०७० को निर्वाचनमा काँग्रेस र राप्रपाले एक÷एक सिट जितेको थियो । 

तर गत स्थानीय निर्वाचनमा भने यो ठाउँमा वामपन्थीहरुले प्राप्त गरेको मत धेरै छ । क्षेत्र नं ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् । गत स्थानीय तहको १९ वडाको मत हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा काँग्रेसको मत बढी छ । १९ वडामध्ये पाँचवटा एमालेले, तीनवटा माओवादी केन्द्रले तथा ११ वटा वडा काँग्रेसले जितेको छ । 

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत तीन हजार ८७२ थप्दा १७ हजार ५०८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १३० र माडी नगरपालिकाको मत तीन हजार ८२६ थप्दा २४ हजार ९५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४६४ हुन्छ । 

यता भरतपुर महानगरका १९ वटा वडाको काँग्रेसको मत २३ हजार २३७ छ । माडी नगरपालिकामा काँग्रेसले ल्याएको मत तीन हजार ८२९ हो । काँग्रेसको कूल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत आठ हजार ३४१ जोड्दा ३५ हजार ३०७ हुन्छ । वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ । 

स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । पछि थप भएका मतमध्ये क्षेत्र नं ३ मा बढी भएको भनिए पनि छुट्टिन सकेको छैन । समग्र मतलाई हेर्दा दुवै उम्मेदवार तेस्रो र चौथो दलका रुपमा रहेका छन् । 

पहिलो काँग्रेस छ भने दोस्रो एमाले छ । वाम गठबन्धनको मत सुरक्षित गर्न सके दाहाल विजयी हुने देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको मत सुरक्षित गर्दै एमालेका मत तान्न सकेमा पाण्डे विजयी हुने देखिन्छ ।  नारायण अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य