2026-09-14 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुममा अर्को मतपेटिका पनि जल्यो, स्थिति तनावग्रस्त

मङ्सिर १०, रुकुम । रुकुमको आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना मतदान केन्द्रमा पनि मतपेटिका जलाइएको छ । 

एसिड प्रयोग गरेर समानुपतिकतर्फको मतपेटिका जलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मतपेटिकामा एसिड हाल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मतदानका लागि गएका व्यक्तिले नै एसिड प्रयोग गरेर आगजनी गरेको प्रहरीले जनाएको छ । हाल सो केन्द्रमा मतदान स्थगित भएको छ ।  

यसअघि पनि रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रमा आगजनी भएको थियो । 

त्यहाँ नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिकामा आगो लगाएका बुझिएको छ । मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र नेपाली सेनाको बीचबाटै गएर मतपेटिकामा आगजनी गरेका हुन् । 

मतपेटिकामा आगो लगाइएपछि अहिले त्यहाँ मतदान प्रक्रिया पनि स्थगित भएको जनाइएको छ । उक्त पेटिकामा २५० मत खसेको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ