प्रभात सुवेदी । मंसिर ११, बर्दिया । 
राष्ट्रियता र स्वाभिमान कहिल्यै पनि सानो नहुने भएकोले अब नेपालीहरु जात, भाषा, भूगोलका आधारमा विभाजन भन्दा पनि राष्ट्रि र राष्ट्रिय स्वाभिमानका आधारमा एकजुट हुने दिन आएको गुलरियामा आयोजित संयुक्त चुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
प्रभात सुवेदी । मंसिर ११, बर्दिया । 
राष्ट्रियता र स्वाभिमान कहिल्यै पनि सानो नहुने भएकोले अब नेपालीहरु जात, भाषा, भूगोलका आधारमा विभाजन भन्दा पनि राष्ट्रि र राष्ट्रिय स्वाभिमानका आधारमा एकजुट हुने दिन आएको गुलरियामा आयोजित संयुक्त चुन"/>
2026-07-26 10:51 AM
बर्दिया - BRD

राष्ट्रियता र स्वाभिमान कहिल्यै सानो हुँदैन : ओली

प्रभात सुवेदी । मंसिर ११, बर्दिया । 
राष्ट्रियता र स्वाभिमान कहिल्यै पनि सानो नहुने भएकोले अब नेपालीहरु जात, भाषा, भूगोलका आधारमा विभाजन भन्दा पनि राष्ट्रि र राष्ट्रिय स्वाभिमानका आधारमा एकजुट हुने दिन आएको गुलरियामा आयोजित संयुक्त चुनावी गठवन्धनको आमसभालाई सम्बोधन गर्दै वरिष्ट वामपन्थी नेताहरुले बताएका छन् । 

जिल्ला सदरमुकाम गुलरियाको नगर भवनमा संयुक्त बाम गठवन्धनले आज आयोजना गरेको वृहत आम सभालाई सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष के.पी. शर्मा वलीले उक्त कुरा बताउनुभएको हो । 
वहाँले भन्नुभयो, ‘अब कमैयाका दिन आउनुपर्छ, भ्रष्टाचार मुक्त गर्ने दिन आउनु पर्छ नेपाल विविधतायुक्त मुलुक भएकाले पनि हामीमा एक अर्काप्रति सहिष्णुता कायम गर्दै एकजुट भएर देश निर्माणमा लाग्नुपर्ने बेला अएको छ, हामी एकजुट भयौँ संविधान बनायौँ अब आइपर्ने विभिन्न बाधा व्यवधान पन्छ्याउन पनि हामी सबै एक जुट हुनु परेको छ ।’
स्थानीय निर्वाचनको परिणाम र हिजो मात्र सम्पन संसदीय तथा संघीय निर्वानको पहिलो चरण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै दोस्रो चरणमा पनि जनताहरुलाई ढुक्कसँग आफ्नो मत जाहेर गरी अत्याधिक वहुमतले वामपन्थी गठवन्धनको सरकार निर्माण गर्न आम जनसमुदायहरुलाई मतदानका लागि आग्रह गर्नुभयो । ‘एकता, शान्ति, लोकतन्त्र र सुशासनको बाटोमा अगाडि बढ्न ढुक्कले मतदान गर्नुहोस् भन्नुहुँदै अध्यक्ष वलीले जहाँ जता गरेपनि वामपन्थीहरुलाई मतदान गर्नुहोस् त्यसपछि हामीले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउँछौँ भन्दै आश्वस्त तुल्याउनुभयो । वहाँले भन्नुभायो, ‘हामी सबैसँग मिलेर काम गर्न चाहन्छौँ लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्छौँ ५ वर्षभित्र गरिवी आधारभूत रुपमा हटाएर २ गुना रोजगारीको सिर्जना गर्नेछौँ, दीगो विकासका लगि हामी प्रतिवद्ध हुँदै नेपाल र नेपालीको समृद्धिको चाहना पूरा गर्ने कुरा बताउनुभयो । हामीले नै जनताले चाहेको लोकतन्त्र र विकास, स्वच्छता,  हामी दिन्छौँ भन्नुहुँदै सक्नुहुन्छ एमालेमा आउनुहोस् हैन भने वामपन्थी धारमा आउन र जानी जानी आफ्नै घुँडामा बन्चरो नहान्न आम जनसमुदायलाई आह्वान गर्नुभयो । 

आमसभालाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता राम वहादुर थापा ‘वादल’ ले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुन नसक्नुभएको भन्दै वहाँले पठाउनुभएको शुभकामना सबै वाम गठवन्धनका उम्मेदवारहरुलाई दिनुभएको बताउनुभो । ‘वाम एकताले नेपालमा विकासको बाढी ल्याउनेछ र नेपालीहरुको समृद्धिको जीवन शुरु हुँदैछ, नेपाल पुरानो अवस्थाबाट नयाँ समाजवादी युगमा अगाडि बढ्दैछ भन्नुहुँदै नेता वादलले अब नेपाल राष्ट्रिय एकताको दिशातिर अगाडि बढेको कुरा औंल्याउनुभयो । ‘वामपन्थी गठवन्धनको सरकार निर्माण भएपछि नेपाललाई संसारको संमृद्ध मुलुकहरुो कित्तामा कसरी लैजाँदैछौँ भन्ने कुरा हाम्रो साझा घोषणापत्रमा उल्लेख गरेका छौँ,’ वरिष्ठ नेता वादलले भन्नुभयो ।
  
यसैगरी नेकपा एमालेका उपाध्यक्ष तथा बर्दिया क्षेत्र नं. १ का प्रतिनिधी सभाका उम्मेदवार वामदेव गौतमले वामपन्थी सरका बन्नैवित्तिकै बर्दिया जिल्लाका गाउँपालिका २५ वेड, नगरपालिकामा ५० र जिल्ला अस्पतालमा आवश्यकता अनुसार १ सय देखि माथिको बेड क्षमता भएका अस्पताहरु स्थापना गर्ने बताउनुहुँदै सरकारले नै निःशुल्क स्वास्थ्य वीमा तथा स्वाथ्य सेवा प्रदान सेवा प्रदान गर्ने बताउनुभयो । पैसाको लोभ देखाएर चुनाव जित्ने लोकतन्त्र काँग्रेसी लोकतन्त्र हो जसलाई हामी अब समाप्त पारेर देखाउँछौँ, ‘गौतमले बताउनुभयो । ५ वर्षमा एक घण्टामा ४ सय किलोमिटर दौड्ने रेल गुडाएर देखाउँछौँ भन्नुहँुँदै वहाँले नेपाल र नेपालीको रक्षा गर्न अव वाम गठवन्धन तयार रहेको बताउनुभयो । 
आमसभामा बर्दिया जिल्लाका उम्मेदवारहरुले समेत सम्बोधन गरेका थिए । जनकलाकारका रुपमा चिनिएका गायक बद्री पँगेनी, राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकारहरुले विभिन्न साङ्गीतिक प्रस्तुतीहरु तथा नाटक प्रस्तुत गरेका थिए । 
यसअघि ११ बजे नै कार्यक्रम शुरुवात हुने र एमाले अध्यक्ष के.पी. ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भनिएतापनि निकै अबेर गरेर भैरहवाबाट अपरान्ह ४ बजे मात्रै हेलिकप्टरमा थापा र ओलीको मात्रै आगमन भएको हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ