यहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यहा"/>

2026-07-04 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा कांग्रेसका जीवन बहादुर शाही बिजयी

2017-12-08

मङ्सिर २२, हुम्ला | हुम्लाको ताजा मत परिणाम प्राप्त भएको छ | साझा सबालका हुम्ला सम्बाददाताका अनुसार कांग्रेसका जिवन बहादुर शाहीले ४५१९ मत पाएर बिजयी भएका हुन् ।


यहाँ शाहीका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका विजय भण्डारीलाई ५२६ मतले पराजित गर्दै शाहि निर्वाचित भएका हुन् । माओवादी केन्द्रका विजय भण्डारीले ३९९३ मत प्राप्त गरेका थिए । 

त्यस्तै नयाँ शक्तिका प्रेम शाहीले यहाँ ७२२ मत पाएका छन् |  

हुम्लाको प्रतिनिधि सभामा छक्क बहादुर लामा 

हुम्लामा प्रतिनिधि सभा अन्तर्गत स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा विजयी हुनु भएको छ । उनले ८ हजार ४ सय ९१ मत ल्याई विजयी भएका हुन् । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेपछि हुम्लामा बाघी उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका छक्क बहादुर लामाले सबैलाई छक्क बनाई जित दर्ता गराएका हुन् । 

उनका प्रतिद्वन्द्धी नेपाली काँग्रेसका मंगल बहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनु भएको थियो । दुई जनाको मतान्तरलाई हेर्ने हो भने ४७ भोटले छक्क बहादुर  लामा विजयी भएका हुन् । स्वतन्त्र उम्मेद्वारको बढी भोट बदर भएको भएता पनि जित हासिल गर्नु छक्क बहादुर लामाले अहिले हुम्लामा छक्क नै पारेका छन् । उता पार्टीको आधिकारिक उम्मेद्वार छिमी दोर्जे लामाले पनि पार्टीको भोट काटेको भएता पनि विजयी हुनु कम्तीको चुनौती रहेका थिएन ।

प्रदेश 'क' मा बाम गठबन्धनको जित 

उता प्रदेश 'क' तर्फको बाम गठबन्धनका उम्मेद्वार एमालेका दल रावलेले फराकिलो भोटको साथमा विजयी बने । उनले प्रतिद्धवन्दी ठान बहादुर रोकायालाई सहज रुपमा विजयी मत दल रालवले प्राप्त गरेका हुन् । दल रावल हुम्लाको नेकपा एमालेका पार्टी अध्यक्ष समेत हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो