2026-09-15 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्तो छ रोल्पाको पछिल्लो मत परिणाम, बर्षमान पुनको जित पक्का

मनिषा राई/मंसिर २३, रोल्पा । रोल्पामा प्रतिनिधि सभातर्फ बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुनले दोब्बर बढी मतले अग्रता लिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार २८ हजार १७९ मत गनिसक्दा बर्षमान पुनले १६ हजार ७५७ मत प्राप्त गरेर अग्र स्थान हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनमगरले ७ हजार ९६२ मत प्राप्त गरेका छन् ।  

यस्तै प्रदेश सभा क तर्फ रोल्पा १ मा नेकपा (माओवादी केन्द्र) का उमेद्वार कुलप्रसाद केसी ‘सोनामले अग्रता लिएका छन् ।

१६ हजार ५५० मत गनिसक्दा माओबादी उम्मेदवार कुलप्रसाद केसी ‘सोनाम’ले ८ हजार ८३७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराले ५ हजार ४१२ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश सभा ख तर्फ रोल्पा २ मा पनि नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ले दोब्बर बढी मतले अग्रता लिएका छन् ।

१६ हजार ७६५ मत गनिसक्दा माओबादी उम्मेदवार पुनले १० हजार ७९६ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालले ४ हजार ५८३ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ